Like us!
Follow us!
Connect us!
Watch us!

५ वर्षभित्रै हामी विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्नेछौंः प्रचण्ड

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ०६ : १९ मा प्रकाशित

५ वर्षभित्रै हामी विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्नेछौंः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ वर्षभित्रै नेपाल विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने बताएका छन् । आईतबार आर्थिक पत्रकार संघ(सेजन) द्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

हाम्रो संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सक्यौं भने आगामी ५ वर्षभित्रै हामी विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्नेछौं। त्यसकारण बाँकी कानून निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरुमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्नेछ प्रधानमन्त्रीले भने।

त्यस्तै उनले अर्थतन्त्रमा रहेको अनौपचारिक अंशलाई औपचारिक प्रणालीमा ल्याउने तस्करी, अबैध कारोबार तथा राजस्व चुहावट रोक्ने दिशामा निर्ममतापूर्वक लाग्ने गरी कार्ययोजनाहरु तयार गर्ने र लागू गर्ने कार्य भइरहेको समेत बताए । यसमा सरकारी निकाय, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरुको समेत सहयोगको आवश्यकता छ उनले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको