Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ होः प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ०७ : ५४ मा प्रकाशित

अर्थतन्त्रको समस्या समाधान जीवन मरणको लडाइँ होः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेका नेपाली अर्थतन्त्रको अबको बाटो विषयक कन्फरेन्स तथा सेजन अवार्ड २०७९ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले अर्थतन्त्रको सुधारलाई प्रमुख एजेण्डा बनाएको बताएका हुन् । 

‘मैले पहिलो र दोस्रो कार्यकाल संविधान कार्यान्वयनमा केन्द्रित हुनुपथ्र्यो गरे पनि त्यसो गरेपनि,”उनले भने, ‘निर्वाचन अभियान चलाउदा पनि अबको समय आर्थिक उन्नती र  विकास नै हो भनेको थिएँ । त्यसका निम्ती सुशासन अपरिहार्य छ ।’

उनले समाजिक न्याय सुशासन र समृद्धिको बाटोमा देशलाइ डोर्याउने अभिभारा रहेको भन्दै जनतासंग गरेको बाचा  संकल्प निष्ठापूर्वक अघि सारेको बताए। उनलेनेपाली अर्थतन्त्रलाइ सुधार्ने कुरा सजिलो नभएको भन्दै राष्ट्रिय अन्तराराष्ट्रिय चुनौतीहरुको समाना गर्नु परेको बताए । 
पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएका छ तर यो स्थायी खालको नभएको उनको स्वीकारोक्ती रहेको थियो । उनले अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आर्थिक विधेयकहरुलाई उच्च प्राथमिकतामा राखेको बताए ।  देशलाई आर्थिक निकास दिन विधेयकलाई प्राथमिकतामा राखेको उनको भनाइ छ। उनले आर्थिक विकासको लागि कृषिलाई प्राथमिकता दिनु पर्ने बताए । 

“हिजो नेपालीहरु आत्मनिर्भर थिए। खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात गर्थे तर अहिले आफुसंग भएको सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको छ।” प्रचण्ले भने ।

उनले निराशहुनुपर्ने अवस्था नभएको बताए। उनकाअनुसार गतवर्ष श्रीलंका जस्तै हुनलाग्यो भने पनि अहिले त्यस्तो अवस्था छैन। दाहालले सरकारको न्यनतम साझा कार्यक्रममा पनि अब मुलुकले लिनुपर्ने बाटोको बिषय उल्लेख गरेको बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको