Like us!
Follow us!
Connect us!
Watch us!

कोभिडको माहामारीमा हातेमालो सामाजिक अभियान

अर्थ संसार

शुक्रबार, ०७ जेठ २०७८, १५ : ४४ मा प्रकाशित

कोभिडको माहामारीमा हातेमालो सामाजिक अभियान

कोभिड १९ को महामारीले गर्दा नेपालको स्वास्थ्य प्रणालीमा पर्न गएको असरले मानव जीवनको अकल्पनीय क्षतिका साथै देश अहिले पनि यस चुनौतीसंग लडिरहेको छ ।

 यस बिषम परिस्थितिलाई मध्यनजर गरी यो अवस्थामा विभिन्न सरोकारवालाहरु एक हुनु पर्ने आवश्यकता महसुस गर्दै स्वैच्छिक रुपमा नेपाल बैंकर्स संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, नेपाल बिमक संघ, जीवन बिमक संघ नेपाल, नेपाल मर्चेन्ट बैंकर्स संघ,स्टक ब्रोकर एशोसियन र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ सामुहिक हिसाबले अघि आई हातेमालो नामक सामाजिक अभियानको थालनी गरेका छौं । यो सामाजिक अभियान अहिलेको जटिल परिस्थितिमा विभिन्न संघमा आबद्ध संस्थाहरु, संस्थाका कर्मचारीहरु, समाजका सरोकारवालाहरु र आमनागरिक समेतले संस्थागत र व्यतिगत रुपमा एकजुट भई सहयोग गर्नेथलोको रुपमा स्थापनागरिएको हो ।

यस कोषमा जम्मा भएको रकम तत्कालका आवश्यकतालाई मध्यनजर गर्दै प्रभावकारीढंगबाट परिचालन गरिनेछ । 

हामी यस हातेमाला अभियान मार्फत समाजका सरोकारवाला र आमनागरिक समेतलाई यस विषम परिस्थितिको प्रभावकारीरुपमा सामना गर्न एकजुट भई आर्थिक सहयोग गर्न आह्वान गर्दछौं । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको