Like us!
Follow us!
Connect us!
Watch us!

फागुन १० गतेभित्र सत्ता गठबन्ध भत्काउने गगन थापाको घोषणा

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, ०९ : ५५ मा प्रकाशित

फागुन १० गतेभित्र सत्ता गठबन्ध भत्काउने गगन थापाको घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने बताएका छन् । फागुन १० गतेभित्र अँध्यारोमा आएर नभई दिउसो उज्यालोमा आएर भत्काउने प्रयत्न रहने र भत्काएरै छाड्ने थापाले घोषणा गरेका हुन्।  

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले तिलोत्तमा १५ कोटिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने दावी गरेका हुन्।  

महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म संगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्याण्डेट विपरीत बनेको बर्तमान सत्ता गठबन्धन भत्काउने जिकिर गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको