Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १३ : २७ मा प्रकाशित

प्रभु इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले?

प्रभु इन्स्योरेन्सले आफ्नो २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। 

सभा काठमाडौँको तीनकुनेस्थित् प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुने कम्पनी जनाइएको छ। सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल ७.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले उक्त आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले यही फागुन १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको