Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको आम्दानी २३ करोड २४ लाख,यस्ता छन् प्रमुख वित्तीय सूचकहरु

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ०९ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको आम्दानी २३ करोड २४ लाख,यस्ता छन् प्रमुख वित्तीय सूचकहरु

प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे १० प्रतिशतले बढेको छ।

गत आवमा ५ करोड ६ लाख रुपियाँ नाफा कमाएको कम्पनीले चालू आवमा ५ करोड ६० लाख रुपैयाँ कमाएको छ। 

यसै समयमा कम्पनीले ११ करोड ९४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने २३ करोड २४ लाख रुपियाँ आम्दानी गरको छ । यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब २९ करोड रुपियाँ सञ्चित छ । 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसाबाट बढेर १५ रुपैयाँ ५४ पैसा पुगेको छ। कम्पनीले यो अवधीमा खर्च भने १५ करोड २३ लाख रुपैयाँ गरेको छ।  

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ छ। कम्पनीले पहिलो त्रैमासम्म जगेडा कोषमा २५ करोड रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३२ करोडभन्दा बढी रकम सञ्चित गरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको