Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, १५ : ३९ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न

प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो । 

त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गरेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको