Like us!
Follow us!
Connect us!
Watch us!

प्रभू इन्सुरेन्सको नाफामा उल्लेख्य वृद्धी,प्रतिसेयर आम्दानी ३७.९३ रुपैयाँ पुग्यो

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १३ : ०२ मा प्रकाशित

प्रभू इन्सुरेन्सको नाफामा उल्लेख्य वृद्धी,प्रतिसेयर आम्दानी ३७.९३ रुपैयाँ पुग्यो

प्रभु इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। कम्पनीले सार्वजनीक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धी देखीएको छ । 

खुद नाफा
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको ११ करोड ६१ लाख रुपैयाँको तुलनामा २३७.१८ प्रतिशतले ले बढी हो । 

खुद बिमा शुल्क
खुद बिमा शुल्क आम्दानीका साथै लगानी तथा कर्जाबाट हुने आम्दानी सुधार भएपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 

चुक्ता पुँजी
साही अवधीसम्म प्रभुको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी
कम्पनीको खुद नाफामा उच्च वृद्धि हुँदा प्रतिसेयर आम्दानी पनि २६.८८ रुपैयाँले बढेर ३७.९३ रुपैयाँ पुगेको छ । 

प्रतिसेयर नेटवर्थ 
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनी २२४.६७ रुपैयाँ पुगेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको