Like us!
Follow us!
Connect us!
Watch us!

रोक्का रहेको प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ११ : ५२ मा प्रकाशित

रोक्का रहेको प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आज (सोमबार)को निर्णयसँगै सो कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो।

उक्त निर्णयपछि कम्पनीको सेयर कारोबारमा आएको छ। गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको थियो।

नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको थियो। प्रतिबद्धतासहितको पत्र प्राप्त भएकोले प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गर्ने निर्णय नेप्सेले गरेको हो।

 

सम्बन्धीत समाचार:

 

नेप्सेले प्रभु इन्स्योरेन्समाथि कारबाही गर्दै गर्यो सेयर कारोबार रोक्का, स्पष्टीकरण पेश गर्न दियो निर्देशन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको