बुधबार नेप्सेमा १३.९० अंकको गिरावट आएको छ। आज नेप्से १३.९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण काबेली, एनआईसी एशिया, हिमालयन डिष्टिलरी, नाग्दी पावर, अपर तामाकोशी, स्टान्डर्ड च्याटर, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र सानिमा माईको सर्वाधिक कारोबार भएको हो।
आज नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको हो । त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस