Like us!
Follow us!
Connect us!
Watch us!

नदी प्रवाहमा आधारित आयोजनाको पीपीएका लागि विद्युत् प्राधिकरणले दियो १५ दिने म्याद

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १४ : २७ मा प्रकाशित

नदी प्रवाहमा आधारित आयोजनाको पीपीएका लागि विद्युत् प्राधिकरणले दियो १५ दिने म्याद

नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई विद्युत् खरिद सम्झौता (पीपीए) गर्न बोलाएको छ । प्राधिकरणले विद्युत् जडान सम्झौताका आधारमा पीपीए गर्न जलविद्युत् आयोजनाका प्रवर्द्धकलाई बोलाएको हो ।

१५ सय मेगावाटसम्मको पीपीए खुलाएको प्राधिकरणले १५  दिनभित्र पीपीएका लागि आवेदन दिन अनुरोध गरेको छ । विद्युत् प्रवर्द्धकले ग्रिड सम्झौता भएको रोलक्रमअनुसार १५ दिनभित्र पीपीए गर्न आवेदनका साथ सम्पर्क गर्नुपर्ने प्राधिकरणले जनाएको छ   । 

ग्रिड एग्रिमेन्टका आधारमा पहिलो चरणमा ६६ वटा जलविद्युत् आयोजनाको पीपीए हुनेछ । गत माघ २६ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले पीपीए खोल्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको