Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

विहीबार, ०४ फागुन २०७९, १७ : ५७ मा प्रकाशित

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। पेट्रोलमा प्रति लिटर १.९७ रुपैयाँ र डिजलमा ६.४० रुपैयाँ घटेर आएको हो ।

भारतीय आयल निगम (आइओसी) ले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । सो मूल्य सूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएको छ।

यसअघि फेब्रुअरी १ मा मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको मूल्य ३ रुपैयाँले बढाएको थियो । नयाँ मूल्यसूची आएपछि अहिलेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई १ अर्ब रुपैयाँ नाफा हुने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको