Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

अर्थ संसार

मंगलबार, १९ बैशाख २०८०, १० : ५८ मा प्रकाशित

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले पठाउने नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेको छ । यसअघि आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो। यसअघि प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ र डिजलमा १.५ रुपैयाँ बढेर आएको थियो ।

आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको