Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लघुवित्तको ११ लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ०६ : ३३ मा प्रकाशित

नेप्सेमा एक लघुवित्तको ११ लाख कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनिक नेपाल लघुवित्तको सेयर सुचिकृत भएको छ । साबिकको घोडाघोडि लघुवित्त र युनिक नेपाल लघुवित्तको मर्जर पछि बनेको संस्थाको सेयर सुचिकृत भएको हो । 

साबिकको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ९ लाख ६८ हजार २०० कित्ता गरि कुल ११ लाख ०६ हजार ३२५ कित्ता सेयर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा नेप्सेमा सुचिकृत भएको हो । 

साविकको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र सर्वसाधारण समूहको सेयर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर थप सार्वजनिक निष्काशन सम्पन्न नभए सम्म कारोबार गर्न नपाउने गरी सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको