Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : फागुन १८ देखि प्रभु स्मार्ट फण्ड बजारमा आउँदै

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, ११ : ०८ मा प्रकाशित

लगानीको अवसर : फागुन १८ देखि प्रभु स्मार्ट फण्ड बजारमा आउँदै

प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि 'प्रभु स्मार्ट फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे बन्दमुखी याेजना हाे । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षसम्म रहनेछ । 

क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ८० करोड रूपैयाँ बराबरकाे कुल ८ कराेड इकाईहरु निष्कासन गर्न लागेको हो ।

जसमध्ये १४ प्रतिशत अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत अर्थात् ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

फागुन १८ गतेदेखि निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत्र गतेसम्म आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको