Like us!
Follow us!
Connect us!
Watch us!

२ वटा नयाँ म्युचुअल फण्ड निष्कासन गर्न सेबोनले दियो अनुमति

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १३ : ५१ मा प्रकाशित

२ वटा नयाँ म्युचुअल फण्ड निष्कासन गर्न सेबोनले दियो अनुमति

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले २ वटा नयाँ म्युचुअल फण्ड निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ ।

कुमारी क्यापिटल लिमिटेडले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "कुमारी सुनौलो योजना" निष्कासन गर्न फागुन ३ गते अनुमति पाएकाे हाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १० कराेड इकाई निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे । यस फण्डकाे याेजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेकाे छ ।

त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३" निष्कासन गर्न फागुन ३ गते अनुमति पाएकाे हाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १२ कराेड इकाई निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे । यस फण्डकाे याेजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको