Like us!
Follow us!
Connect us!
Watch us!

बजारकाे चिरफार : अब बजार कुन बिन्दुबाट फर्किन सक्ला ?

बसन्त पाण्डे

शुक्रबार, ०५ फागुन २०७९, २१ : १६ मा प्रकाशित

यस साता सेयर बजारमा भारी गिरावट देखियाे । माैद्रिक नीतिकाे समिक्षापछि खुलेकाे बजार साताकाे पहिलाे दिनबाटै घट्न सुरू भई अन्तिम काराेबार दिनसम्म पनि निरन्तर घटिरह्याे । साेमबार सार्वजनिक बिदा परेका हुनाले यस साता ४ दिन मात्रै दाेश्राे बजार खुलेकाे थियाे । ४ काराेबार दिनमा ४ दिन नै नेप्सेले ओरालो यात्रा तय गरेको हो ।

याे साता नेप्से परिसूचक ११२.२२ अंकले घटेर २०७०.४१ विन्दुमा झरेकाे छ । नेप्से ५.१४ प्रतिशतले घटेकाे हाे । यस साता नेप्से परिसूचक मात्रै नभएर अन्य प्रमुख सूचकहरू पनि ओरालो लागेका छन् । याे साता काराेबार रकम अघिल्लाे साताकाे तुलनामा ३४ प्रतिशतले घटेकाे छ । यतता बजार पूँजीकरण पनि ५.१ प्रतिशतले घटेकाे छ ।

काराेबार हुने कुल १३ उपसमूहमध्ये यस साता सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । त्यसपश्चात् धेरै घट्नेमा हाइड्राे समूह रहेकाे छ । 

बजारकाे पछिल्लाे अवस्था हेर्दा यतिबेला लगानीकर्ताहरू "पर्ख र हेर" काे रणनीतिमा रहेका देखिन्छ । यस साताकाे सेयर बजारकाे सम्रग विश्लेषण र आगामी साताकाे सेयर बजारका रणनीति लगायतका कुरा समेटिएकाे अर्थ संसारकाे साप्ताहिक कार्यक्रम बजारकाे चिरफार तल प्रस्तुत गरिएकाे छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको