Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुर तथा सजाय ऐनमा भएको बाइस वटा विषय संशोधन गर्न बैंकहरुको माग

अर्थ संसार

आइतबार, ०७ फागुन २०७९, १२ : १० मा प्रकाशित

बैंकिङ कसुर तथा सजाय ऐनमा भएको बाइस वटा विषय संशोधन गर्न बैंकहरुको माग

डेभलपमेण्ट बैंकर्स एसोसिएसनले उल्लिखित व्यवस्थासँगै बैंकिङ कसुर तथा सजाय ऐनमा भएको विभिन्न २२ वटा विषय संशोधन गर्न माग गरेको छ। एसोसिएसनले गत (शुक्रबार) बैंकिङ कसुर तथा सजाय ऐन ०६४ लाई संशोधनको माग गर्दै राष्ट्र बैंक समक्ष बुझाएको सुझावमा यस्तो विषय उल्लेख छ ।

आफ्नो खातामा रकम नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैकिङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैंकहरुले आग्रह गरेका छन् । 

यस्तै, कसुर पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र बैंकका कर्मचारीलाई पक्राउ गरेर बैंकिङ कसुर सम्बन्धी मुद्दा चलाउनु पर्ने नीतिगत व्यवस्था गर्न पनि एसोसिएसनले माग गरेको छ । ऋण प्रवाह गर्ने प्रक्रियामा आफू सहभागी नभए पनि पदीय दायित्वका कारणले उक्त फाइलमा हस्ताक्षर गर्ने सबै कर्मचारीलाई बैंकिङ कसुरसम्बन्धी मुद्दा चलाउन सकिने विद्यमान व्यवस्था परिमार्जनको माग गर्दै एसोसिएसनले उक्त सुझाव दिएको हो ।

 ‘कसुर गरेको पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र पक्राउ गरिनु र मुद्दा चलाइनु उपयुक्त हुने कर्जा प्रकृयामा संलग्न भइ कर्जा प्रस्तावपत्र वा धितो निरीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेका जति सबैले कसुर गरेका छन् भन्ने धारणाबाट प्रेरित भइ सबै कर्मचारीलाई प्रकाउ पुर्जी जारी गराइ पक्राउ गर्ने र मुद्दा लगाउने संस्कृतिको विकास हुँदै गएको छ,’ एसोसिएसनको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो अनुसन्धान गरी कसुर गरेको पुष्टि हुने प्रमाण प्राप्त भएपछि मात्र संलग्न कर्मचारीहरुलाई पक्राउ गर्नुपर्ने व्यवस्था राखिनु उपयुक्त हुने देखिन्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको