Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्षले भने- बैंकहरु नसच्चिए देशैभर आन्दोलन गर्न बाध्य हुन्छौँ

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १४ : ३९ मा प्रकाशित

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्षले भने- बैंकहरु नसच्चिए देशैभर आन्दोलन गर्न बाध्य हुन्छौँ

बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरु पनि आन्दोलनमा उत्रिएका छन् । हिजो (आईतवार) सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु मिलेर बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै आन्दोलनस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीबिरुद्ध अन्तरक्रिया गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए । 

उनले बैंकहरु नसच्चिए व्यवसायीहरु द्वन्द्वात्मक ढंगले प्रश्तुत हुन बाध्य हुनुपर्ने बताए । उनले बैंक बित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको बताए । उनले व्यवसायीहरुलाई अहिले भइरहेका पीडाको सम्बोधन गर्न र सम्बोधन नभए व्यवसायीहरु पनि प्रतिरक्षात्मक ढंगले उत्रिने चेतावनी दिए । उनले व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन गरेर अर्थतन्त्रलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले बैंक वित्तीय संस्थामा त्रुटीपूर्ण ढंगले भइरहेका गतिविधिहरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए । 

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरुले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए  । उनले बैंकहरुले पहिला ऋणीहरुबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए  । उनले राष्ट्र बैंकले बैंकहरुमाथि नथी लगाएमा बैंकहरु सीमाअनुसार चल्न बाध्य हुने बताए  । उनले ऋणीहरुलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिनेकुरा सह्य नहुने भन्द्रै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने बताए  । उनले यस्ता कुराहरुमा कारोबार गर्नेहरु पनि सचेत रहन आवश्यक रहेको बताए ।  अन्तरक्रियामा सहभागी अन्य वक्ताहरुले कानूनका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्ने बताए । उनीहरुले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरुलाई व्यावसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको