तीन दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज (सोमबार) नेप्से सूचक २३.६० अंकले घटेर २०४६ विन्दुमा बन्द भएको हो ।
नेप्से घटेसँगै कारोबार रकम समेत घटेर १ अर्ब ९४ करोड ७६ लाखमा सीमित हुन पुगेको छ । आज सर्वाधिक हिमालयन डिष्टिलरीको २० करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, साल्ट ट्रेडिङको ११ करोड ४८ लाख, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख, एनआइसी एशिया बैंकको ५ करोड ५५ लाख र सानिमा बैंकको ४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस