Like us!
Follow us!
Connect us!
Watch us!

आज ग्याल्पो ल्होसारको सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, ०५ : ४३ मा प्रकाशित

आज ग्याल्पो ल्होसारको सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।

यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको