Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, ०६ : २३ मा प्रकाशित

राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

अब फेरी फेरी बैठक बसेर निर्णय गर्ने समय नहुन सक्ने भन्दै प्रचण्डले बैठकमा राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने बारे निर्णय गर्ने अधिकार आँफुलाई दिन आग्रह गरेका थिए । 

शाक्ति सन्तुलन मिलाउनका लागि पनि प्रचण्ड अहिले एमालेलाई राष्ट्रपति दिने मनस्थितीमा छैनन् त्यसैले उनले सकेसम्म राष्ट्रिय सहमति खोज्ने र त्यसो नभएमा नेपाली कांग्रेसको उमेद्वारलाई समर्थन गरि पुरानै गठबन्धन ब्युताउने तयारीमा प्रचण्ड देखिन्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको