विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँँमोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ ।
जम्मा ७.९५ मिमिमोटाइ रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ। यति स्लिमभएर पनियसमा ब्याट्रि भने शक्तिशाली५००० एमएएचको जडान गरिएको छ ।
स्लिमडिजाइन र हल्कातौल अनिशक्तिशाली ब्याट्रिभएकोले गर्दा दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीले जनाएको छ।
अहिलेका उपभोक्ताहरुको धेरैजसो समय स्मार्टफोनमाबित्ने गर्छ। गेम खेल्न होस् अथवाआफ्नो परिवार र साथीहरुसँग फोनमा कुराकानी गर्न होस् अथवा सामाजिक सञ्जालमै पनि अपडेटेड भइरहनको लागिफोन धेरै समयसम्मचलाईरहनुपर्ने हुन्छ।त्यसैले स्मार्टफोनडिजाइन गर्दा रियलमीले होल्डिङ एक्स्पिरियन्स (फोन समाउँदाहुने अनुभव) लाई अत्यन्तै प्राथमिकतामा राख्दै आएको छ ।
त्यसैले रियलमीले आफ्नाअधिकांशउत्पादनहरु हलुका र स्लिम बनाउँदै आइरहेको छ । यसका साथै रियलमीआफ्नानम्बर सिरिजहरुमा हरेक उपभोक्ताहरुको लागिउच्च–स्तरीय र स्टाइलिसउत्पादनहरु बजारमाल्याउन प्रतिबद्ध छ ।
६.४ इन्चको ठुलोएमोलेड डिस्प्ले, दिनभरी आरामसँगचलाउनको लागिहलुका र अल्ट्रा–स्लिम बडीको साथ–साथै ५००० एमएएचको शक्तिशाली ब्याट्रि र हेर्दा आकर्षक देखिने स्टाइलिश डिजाइन भएको यो रियलमी १० नयाँँ स्मार्टफोन किन्ने सोचमाभएका हरेकको लागिएकदमै उपयुक्त रोजाईहो ।
त्यस्तै ३.५ मिमिको हेडफोनज्याक र २००% अल्ट्राबुम स्पिकरले यसको आकर्षक डिजाइनमा अझै सुनमा सुगन्धथपेका छन । यो सँगै अब उपभोक्ताहरुले पार्टी अथवाअन्यकुनै रमाइलो पलहरुमा बस्टेड भोल्युममाहाइ रेजोल्युसन साउन्डको मज्जालिन सक्नेछन् ।
यो फोन क्ल्याश व्हाइट र रस ब्ल्याक गरी दुई आकर्षक रंगमाउपलब्धहुने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस