Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्वारा संस्थापक बुढाथोकीको सेयर बिक्रिको घोषणा

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, ११ : ४२ मा प्रकाशित

कुमारी बैंकद्वारा संस्थापक बुढाथोकीको सेयर बिक्रिको घोषणा

कुमारी बैंकले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री घोषणा गरेको छ । बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ ।

सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ ।  सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको