Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड स्रोत सुनिश्चित

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १२ : ३४ मा प्रकाशित

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ। रासायनिक मल खरिदका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले उक्त स्रोतमा सहमति जनाएको हो । 

स्रोत सुनिश्चितमध्ये २ अर्ब ४० करोड रुपियाँ कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपियाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने मन्त्रालयले जनाएको छ । २ अर्ब ६० करोड रुपियाँ दायित्व सिर्जना भएपछि निकासा गरिनेछ । रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्षका लागि १५ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । रासायनिक मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपियाँको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मागअनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो । 

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्नेसम्बन्धी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मा लगायतसँग छलफल गरेका थिए । उक्त अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले रासायनिक मल खरिदका लागि स्रोतको समस्या नहुने बताउदै अबिलम्ब आवश्यक प्रक्रिया शुरु गर्न आग्रह गरेको मन्त्रालयका अधिकृत चुरामणि अर्यालले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको