Like us!
Follow us!
Connect us!
Watch us!

बैंक र वित्तीय संस्थाविरुद्ध धनगढीमा व्यवसायीको व्यापक विरोध प्रदर्शन

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १५ : १९ मा प्रकाशित

बैंक र वित्तीय संस्थाविरुद्ध धनगढीमा व्यवसायीको व्यापक विरोध प्रदर्शन

बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी ब्याजदर वृद्धि गरेको भन्दै धनगढीमा व्यवसायीहरूले व्यापक विरोध प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूले उक्त विषयमा सरकार गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका हुन् ।

मनोमानी ब्याजदरका कारण व्यवसायीहरु धराशायी हुँदै गएपछि आन्दोलन गर्नुपरेको व्यवसायीहरूको भनाइ छ । संस्थाहरुले ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म बढाएपछि व्यवसायीहरु व्यवसायबाट पलायन हुने क्रम बढ्न थालेको व्यवसायीहरूको भनाइ छ । संस्थाहरुले ब्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप पनि व्यवसायीहरुको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको