Like us!
Follow us!
Connect us!
Watch us!

यस वर्ष लाभांशमा अब्बल ५ लघुवित्त, कुनकाे कति ?

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, १६ : ०४ मा प्रकाशित

यस वर्ष लाभांशमा अब्बल ५ लघुवित्त, कुनकाे कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कुल ४० वटा लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । 

आज हामी यहाँ हालसम्म लाभांश घाेषणा गरेका लघुवित्तमध्ये सर्वाधिक लाभांश दिने ५ वटा लघुवित्तकाे चर्चा गर्नेछाैँ । गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट लघुवित्तमध्येकै उच्च लाभांश जाल्पा सामुदायिक लघुवित्तले दिएकाे छ ।

गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट उच्च लाभांश दिने ५ वटा लघुवित्तहरू यस प्रकारका छन् :

१. जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको कार्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । संस्थाले हालसम्म साधारण सभा डाकेकाे छैन तथा बुकक्लाेज मिति पनि ताेकिएकाे छैन । यसर्थ संस्थाकाे सेयर अझै किन्ने सेयरधनीहरूले पनि लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. उपकार लघुवित्त वित्तिय संस्था लिमिटेड

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्न संस्थाकाे चाैँथाे वार्षिक साधारण सभा फागुन १८ गते,  बिहीबार बैजनाथ १, गाभर भ्याली (सामुदायिक हाेमस्टे), बाँकेमा सञ्चालन हुनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि फागुन ४ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले फागुन ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. महिला लघुवित्त वित्तिय संस्था लिमिटेड

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । लाभांश पारित गर्न संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा फागुन २१ गते, आइतबार आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियाे । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ९ गते, सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाले हालै मात्र महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।  संस्थाले हालसम्म साधारण सभा डाकेकाे छैन तथा बुकक्लाेज मिति पनि ताेकिएकाे छैन । यसर्थ संस्थाकाे सेयर अझै किन्ने सेयरधनीहरूले पनि लाभांश प्राप्त गर्न सक्नेछन् ।

५. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे फागुन ६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  संस्थाले हालसम्म साधारण सभा डाकेकाे छैन तथा बुकक्लाेज मिति पनि ताेकिएकाे छैन । यसर्थ संस्थाकाे सेयर अझै किन्ने सेयरधनीहरूले पनि लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको