Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेले भने– आफूले कति योगदान गर्न सकें भन्ने थाहा नभएपनि देशले क्रिकेट जितेको छ

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १२ : १० मा प्रकाशित

सन्दीप लामिछानेले भने– आफूले कति योगदान गर्न सकें भन्ने थाहा नभएपनि देशले क्रिकेट जितेको छ

क्रिकेटर सन्दीप लामिछानेले आफ्नो देशले क्रिकेट जितेको भन्दै सबैमा आभार व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै आफूले कति योगदान गर्न सकें भन्ने थाहा नभएपनि देशले क्रिकेट जितेकोमा खुशी व्यक्त गरेका हुन् ।

नेपालले हिजो स्कटल्याण्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला स्विप गरेको थियो । हिजो स्कटल्याण्डविरुद्धको खेलमा लामिछाने एक्लैले चार विकेट लिएका थिए ।

त्यसको भोलिपल्ट लामिछानेले फेशबुकमा लेखेका छन्–‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको