Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १७ : २० मा प्रकाशित

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाइ

नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (मंगलबार) पनि अन्तिम सुनुवाइ भएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा अन्तिम सुनुवाईको लागि पेशी तोकिएको थियो । न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिए। न्यायाधीश राईले उक्त निवेदन पनि साथै राखेर सुनुवाई गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो।

‘जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिनुभएको थियो । त्यो निवेदनमाथि निर्णय होस् अनि गर्ने भन्नेतर्फ लाग्नुभयो । न्यायाधीशले पनि फैसला गर्नतिर अलिकति हिचकिचाएको जस्तो फिल भयो हामीलाई,’– लामिछानेको अधिवक्ता सरोजकृष्ण घिमिरेले भने ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको