Like us!
Follow us!
Connect us!
Watch us!

एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान– ४२ खेलमै सय विकेट लिन सफल

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १४ : ११ मा प्रकाशित

एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान– ४२ खेलमै सय विकेट लिन सफल

नेपालका चर्चित स्पिनर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमै सय विकेट लिने कीर्तिमान बनाएका हुन् । 

एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा एक विकेट लिँदै सन्दीपले यो कीर्तिमान बनाएका छन् । उनले अफगानिस्तानका स्पिनर राशिद खानलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । 

अफगानिस्तानका स्पिनर राशिद खानले भने ४४ खेलमा सय विकेट लिएका थिए । यस्तै अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क तेस्रो स्थानमा छन् । उनले ५२ खेलमा यो कीर्तिमान बनाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको