Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछाने प्रकरण– दुई जनाको बकपत्र गराउन आदेश

अर्थ संसार

आइतबार, २६ चैत्र २०७९, १५ : ५४ मा प्रकाशित

सन्दीप लामिछाने प्रकरण– दुई जनाको बकपत्र गराउन आदेश

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाको बकपत्र गराउन आदेश दिएको छ । आज आइतबार जिल्ला न्यायाधीश शंकरराज बरालको इजलासले दुई जना सरकारी साक्षीको बकपत्र गराउन आदेश दिएको हो ।

सन्दीपका वकिल मुरारी सापकोटाले वादी पक्षका दुई जना साक्षीको बकपत्र नभएको भन्दै साक्षी बुझ्नका लागि निवेदन दिएका थिए । सन्दीपका वकिलको माग बमोजिम न्यायाधीश बरालको इजलासले आदेश दिएको हो ।

लामिछाने नाबालिका बलात्कार आरोपमा थुनामा परेका थिए । उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । लामिछानेको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।

पीडित किशोरी गौसला २६ को स्वास्थ्य परीक्षण गर्ने चिकित्सक र अर्को एकजनाको बकपत्र बाँकी रहेकाले उक्त आदेश भएको हो । स्वास्थ्य परीक्षण गरेका डाक्टरको वयान नभई अरुको नै वयान भएको खुल्न आएपछि स्वास्थ्य परीक्षण गर्ने डाक्टर स्वयम झिकाउन आदेश दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको