क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज आइतबार सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएको छ ।
सन्दीपविरुद्धको मुद्दाको निरन्तर पेसीमा रहेपनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन ।सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश दिएको तर विभिन्न कारणले पेसी सर्दै आएको छ ।
यसअघि बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएको थियो । उक्त दिन समय अभाव हुने भन्दै जाहेरी पक्षका कानुन व्यवसायीले पेसी स्थगित गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस