Like us!
Follow us!
Connect us!
Watch us!

खर्ब नजिक पुग्यो कृषिमा बैंकको लगानी

आइतबार, २५ भदौ २०७४, ०८ : ०५ मा प्रकाशित

खर्ब नजिक पुग्यो कृषिमा बैंकको लगानी

अर्थ संसार, काठमाडौं– कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्बनजिक पुगेको छ । वैंकिङ क्षेत्रले कृषिमा गरेको कर्जा प्रवाह पछिल्लो एक वर्षमा १४ प्रतिशतले वृद्धि भइ ९० अर्ब ४ करोड १२ लाख पुगेको हो ।

आर्थिक वर्ष ०७१/७२ मा कृषि क्षेत्रमा ७८ अर्ब ७९ करोड ऋण प्रवाह भएकोमा गत वर्ष ११ अर्ब २४ करोड रकम थप लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

सरकारले कृषि ऋणलाई प्रोत्साहन गरेपछि यसको परिमाण निरन्तर बढेको राष्ट्र बैंकले जनाएको छ । सरकारको नीतिअनुसार लक्ष्य नपुगे पनि कृषि क्षेत्रको कर्जा प्रवाह भने बर्सेनि बढ्दो छ ।

राष्ट्र बैंकका अनुसार तीन वर्ष अघिसम्म आव ०७१/७२ सम्म यस क्षेत्रमा ६५ अर्ब लगानी थियो । पछिल्लो ६ वर्षमा कृषि क्षेत्रको कर्जा प्रवाह तीन गुणाभन्दा बढीले वृद्धि भएको छ । तथ्यांकअनुसार आव ०६८/६९ मा २८ अर्ब ७९ प्रतिशत कर्जा प्रवाह भएकोमा आव ०६९र७० मा १० अर्ब थपिँदै ३९ अर्ब ७८ करोड पुगेको थियो । 

त्यसपछिका वर्षमा पनि कृषि कर्जाको वृद्धिदर बढ्दो क्रममा छ । जसअनुसार आव ०७०र७१ मा ५० अर्ब ९१ करोड रहेकोमा आव ७१/७२ मा ६५ अर्ब १५ करोड पुगेको थियो ।

सरकारले ५ प्रतिशत सहुलियत व्याजदरमा कृषिकर्जाको व्यवस्था गरेको छ । वाणिज्य बैंकहरूले कुल लगानीको २० प्रतिशत कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योग लगायतका उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने सरकारी नीति छ । अघिल्लो आवमा कृषि र ऊर्जामा १२ प्रतिशत मात्र लगानी व्यवस्था रहेकोमा गत आवमा थप ३ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

सरकारी नीतिअनुसार लगानी बढाउन नसकेकोमा भने बर्सेनि बैंकिङ क्षेत्रको आलोचना हुने गरेको छ । लगानी वृद्धिको सकारात्मक तथ्यांकसँगै दुर्गमका कृषकसम्म बैंकिङ पहुँच पुर्याउनु पर्ने कृषि क्षेत्रका सरोकारवालाहरूको जोड रहेको आजको कारोबारमा समाचार छ ।

राष्ट्र बैंकका अनुसार कृषिमा सबैभन्दा बढी पशुपालनको क्षेत्रमा लगानी निरन्तर बढ्दो क्रममा छ । पशुपालनको क्षेत्रमा बैंकको लगानी अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेर ३२ अर्ब ३२ करोड ४९ लाख पुगेको छ ।

पशुपालनपछि सबैभन्दा धेरै लगानी  व्यावसायिक खेतीमा ११ अर्ब ४४ करोड ३९ लाख रकम लगानी भएको छ । गत वर्षसम्म यो लगानी अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।

चिया उद्योगको लगानी भने १३।५ प्रतिशतले र वन, मत्स्य तथा बधशालाको लगानी पनि ९ प्रतिशतले घटेको छ । यद्यपि कृषिका अन्य क्षेत्रको लगानी भने २१ प्रतिशतले बढेर ७ अर्ब २३ करोड ६२ लाख पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको