Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तलाई कारबाही गर्न गगन थापाकाे माग, राष्ट्र बैंकले सुपरिवेक्षणमा मुठ्ठी कसेकाे आराेप

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १४ : १५ मा प्रकाशित

लघुवित्तलाई कारबाही गर्न गगन थापाकाे माग, राष्ट्र बैंकले सुपरिवेक्षणमा मुठ्ठी कसेकाे आराेप

नेपाली कांग्रेसका महामन्त्री गगन थापा बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् । साथै, उनले राष्ट्र बैंकले सुपरिवेक्षणमा मुठ्ठी कसेकाे आराेप समेत लगाएका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले लघुवित्त समस्या समाधानका ५ उपायसमेत दिएका छन् । साे उपायतर्फ उनले राष्ट्र बैंककाे ध्यानाकर्षण गराएका छन् ।  

प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उनले भने, "अति न्यून आय भएका गरिबलाई गरिबको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौँ लघुवित्त संस्थाका कारणले गर्दा गरिबहरू थला पर्न नसक्ने गरी थला पर्न बाध्य भएका छन् । अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघु्वित्त, तत्कालको गर्जो टार्नका लागि जहाँबाट जस्तो भएपनि ॠण लिने ग्राहकहरू अनि अनुमति दिँदै गर्दाखेरी हात फैलाउने र सुपरीवेक्षण गर्दै गर्दा मुठ्ठी कस्ने राष्ट्र बैंक यही कारणले गर्दा लघुवित्तको यो संकट देखिएको हो । अत साँच्चिकै मर्कामा परेकाहरूका निम्ति राहतका लागि चाहे त्यो सीएसआर फण्ड होस् चाहे त्यो क्लाइन्ट प्रोडक्सन फण्ड, जुन बैंक वित्तीय संस्थासँग छ त्यो फण्ड प्रयोग गर्ने, बदनियतका साथ काम गर्ने लघुवित्तहरूलाई कारबाही गर्ने र एउटा ॠणीले एउटा मात्रै संस्थाबाट ॠण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकको निर्देशिका लागू गरी तल्लो तहसम्म लिएर जाने,  सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने र वित्तीय साक्षरतालाई स्थानिय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने यी कामहरू राष्ट्र बैंकले तत्काल गरोस् भन्ने ध्यानाकर्षण गराउन चाहान्छु ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको