Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तमा देखिएका समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालासँग छलफल भइरहेको छ : अर्थमन्त्री पौडेल

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १७ : १८ मा प्रकाशित

लघुवित्तमा देखिएका समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालासँग छलफल भइरहेको छ : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रुपमा सरोकारवालासँग छलफल गरिरहेको बताएका छन्। आज (बुधबार) प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीलाई प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

उनले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणी प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायले काम लालिसकेको बताए । उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे। 

उनले भने,‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाइन। यो विषयमा गम्भीर भएर सरोकारवालासहित बैठक बसेका छौं। केही मत्त्वपूर्ण निर्णय पनि गरेका छौं। लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ। लघुवित्तका ऋणी प्रभावित हुने अवस्था आएको छ। त्यसलाई समस्या आउनुको कारण खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकाय लागि सकेका छन्। त्यसका परिणाम निरन्तर आउँदैछन्।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको