Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ०७ : १७ मा प्रकाशित

नेशनल हाईड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् प्रस्ताव ?

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा चैत्र ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीले यो बर्ष सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछैन । 

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीले प्रकाशन गरेको सूचनाः

63f6c2a42c668.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको