Like us!
Follow us!
Connect us!
Watch us!

नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि कारोबारमा

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १० : ३५ मा प्रकाशित

नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि कारोबारमा

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गते, बुधबारदेखि मंसिर ७ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे ‘नबिल फ्लेक्सी क्याप फण्ड’ आजदेखि कारोबारमा आएकाे छ । 

याे खुल्लामुखी योजना हो । लगानीकर्ताहरूले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको केन्द्रिय कार्यालय, नक्साल, काठमाडौँबाट इकाई खरीदबिक्री गर्न सक्नेछन् । शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीदबिक्री गर्न सकिने क्यापिटलले जनाएको छ  ।

क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७ करोड इकाईहरु निष्कासन गरेको थियाे । जसमध्ये १४ प्रतिशत इकाई कोष प्रवद्धक नबिल बैंकले बिज पुँजीको रुपमा लगानी गरेकाे थियाे । एक प्रतिशत याेजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि छुट्याइएकाे थियाे । त्यसपछी बाँकी रहेको ६ करोड ३७ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको