Like us!
Follow us!
Connect us!
Watch us!

PRIN को लाभांश सुरक्षित गर्ने आजै अन्तिम अवसर

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १० : ५१ मा प्रकाशित

PRIN को लाभांश सुरक्षित गर्ने आजै अन्तिम अवसर

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि फागुन १२ गते बुकक्लाेज गर्दैछ । त्यसैले आज (फागुन ११ गते, बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश सुरक्षित गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले फागुन २३ गते वार्षिक साधारण सभा गर्दैछ । कम्पनीकाे साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुनेमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको