Like us!
Follow us!
Connect us!
Watch us!

बैंक ठग्ने ठगलाई राप्रपाले समर्थन गर्दैन: राप्रपा अध्यक्ष लिङ्देन

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १२ : ०९ मा प्रकाशित

बैंक ठग्ने ठगलाई राप्रपाले समर्थन गर्दैन: राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईको कार्यक्रमलाई आफुहरुले समर्थन गर्न नसक्ने बताएका छन् ।

एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले बैंकबाट ऋण लिएर ब्याज र किस्ता नतिर्ने अनि बैंकले ठग्यो भन्दै हिड्ने व्यक्तिलाई कुनै हालतमा साथ दिन नमिल्ने बताएका हुन्।

उनले भनेका छन्, ‘ओलीलाई देखाएर पाँच अर्वभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिरेर, आठ अर्वभन्दा बढी पुगेको छ। कति पैसा चोर बाटोबाट बिदेशमा पठाएर बसेको छ,त्यस्तो मान्छेले अब बैंकको ब्याज नतिर्ने किस्ता नतिर्ने भन्दा ताली बजाएर बसेका छन्।’बैंकमार्फत जनता ठग्नेले राजा र हिन्दुराष्ट्र ल्याईदिन्छ भन्दै कुदेको देख्दा अचम्म लाग्छ। ‘

राप्रपाले प्रसाईको कार्यक्रमलाइ समर्थन नगरेको भनेर उठेको प्रश्नको जवाफमा लिङ्देनले भने, एउटा बैंक ठग्ने ठगलाई राप्रपाले समर्थन गर्दै हिड्नु ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको