Like us!
Follow us!
Connect us!
Watch us!

जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन विष्णु पौडल भारत प्रस्थान

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १६ : २१ मा प्रकाशित

जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन विष्णु पौडल भारत प्रस्थान

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् । उनी आज अपराह्न  भारत प्रस्थान गरेका हुन्। सम्मेलन यही फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने जनाइएको छ ।

उक्त अवसरमा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने जनाइएको छ । उनीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी छन् ।

जी–२० को सदस्य नेपाल नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन् । उपप्रधानमन्त्री पौडेल यही फागुन १३ गते स्वदेश फर्कने अर्थ मन्त्रालयले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको