Like us!
Follow us!
Connect us!
Watch us!

यूएई जानका लागि अनुमति माग्दै सर्वोच्च पुगे सन्दीप

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १७ : ४४ मा प्रकाशित

यूएई जानका लागि अनुमति माग्दै सर्वोच्च पुगे सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने सर्वोच्च अदालत पुगेका छन्। उनी आज क्रिकेट खेल्न विदेश जान पाउनु पर्ने मागसहित सर्वोच्च अदालत पुगेका हुन्।

सर्वोच्चमा सन्दीपले विदेश जान प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै निवेदन दिएका छन्। नाबालिक बलात्कारको आरोप खेपिरहेका लामिछानेलाई पाटन अदालतले विदेश जान नपाउने विभिन्न शर्तसहित धरौटीमा रिहा गरेको थियो।

लामिछाने नेपालमा भएको विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले आज युएई भ्रमणका लागि घोषणा गरेको १५ सदस्यीय नेपाली टोलीमा पनि सन्दीप परेका छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको