Like us!
Follow us!
Connect us!
Watch us!

१२.५० प्रतिशत ब्याजदरमा बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, कसले दिने आवेदन ?

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ०७ : १० मा प्रकाशित

१२.५० प्रतिशत ब्याजदरमा बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, कसले दिने आवेदन ?

नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । बैंकले १२.५० प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको बैदेशिक बचतपत्र नामक बचतपत्र बिक्रीमा ल्याउने भएको छ । उक्त बचतपत्र ५ वर्ष अवधिको रहेको छ भने ६-६ महिनामा ब्याजदर प्राप्त हुनेछ । 

यो वचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर९आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्नेछन् ।

नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यवस्थापन विभागले फागुन १४ गतेदेखि चैत्र ३ गतेसम्मका लागि बैदेशिक रोजगार बचतपत्र बिक्री खुल्ला गर्ने भएको छ ।राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदरमा उक्त रकम बराबरको बचतपत्र बिक्री गर्न लागेको हो ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइन्छ । बचतपत्रको ब्याजमा भने ब्याजकर लाग्नेछ । यो बचतपत्रको साँवा फिर्ता २०८४ चैत्र १० गते हुने छ ।

यस्तो छ राष्ट्र बैंकले निकालेको सूचनाः

63f81242eeab6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको