Like us!
Follow us!
Connect us!
Watch us!

चारदलीय बैठकको निष्कर्ष: आ–आफ्नो दलभित्र छलफल गरेर पुनः पाँच बजे बस्ने

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १२ : ५९ मा प्रकाशित

चारदलीय बैठकको निष्कर्ष: आ–आफ्नो दलभित्र छलफल गरेर पुनः पाँच बजे बस्ने

चार राजनीतिक दलको बैठक अहिले सकिएको छ।  बैठक आज साँझ पुनः बस्ने समझदारी गर्दै चार दलका नेताहरु बालुवाटारबाट बाहिरिएका छन्। बैठकको विषयमा जानकारी दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज बिहानको बैठक सकारात्मक भएको बताए। 

संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, 'आज बिहान पनि चार दल एक ठाउँमा बसेर लामो छलफल गर्‍यौँ। विभिन्न विकल्पका बारेमा प्रस्ताव आए। छलफल सकारात्मक भएको छ। आन्तरिक छलफल पछि आजै साँझ पाँच बजे फेरि बैठक बस्ने गरी हामी उठेका छौँ।'

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादीका नेता सहभागी थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए। 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी थिए। यसअघि बिहीबार नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको तीन दलको बैठकले कांग्रेससँग छलफलल गर्ने निष्कर्ष निकालेको थियो। सोही अनुसार आज बिहानै पूर्वगठबन्धनका नेता छलफलमा जुटेका हुन्।

शनिबार राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका छ। मनोनयन दर्ताको मिति नजिकिएपछि दलहरू छलफललाई तीव्र बनाउन थालेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको