Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकको ५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ बाँडफाँट

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १७ : ३४ मा प्रकाशित

ग्लोबल आईएमई बैंकको ५ वर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ बाँडफाँट

ग्लोबल आईएमई बैंक लिमिटेडले ५ वर्षे अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ बाँडफाँट गरेको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो। निष्काशन गरिएका कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबर ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिएको छ।

व्यक्तिगत तवरबाट निष्काशन गरिएको ३० लाख कित्ता डिबेन्चरको लागि जम्मा २३ जना आवेदकहरुबाट ५२,१५,०००  कित्ता डिबेन्चरको लागि रीतपूर्वक आवेदन प्राप्त भएको जनाइएको छ। प्राप्त कित्ता निष्काशन गरिएको भन्दा १.७४ गुण बढी प्राप्त भएकाले आवेदनअनुसार समानुपातिक हिसाबले ३० लाख कित्ता डिबेन्चर बाँडफाँड गरिएको हो। 

सर्वसाधारणका लागि निष्काशन गरिएको १९,३०,००० कित्ता (सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ७०,००० कित्ता बाहेक) डिबेन्चरका लागि जम्मा १,२६६ जना आवेदकहरुको कूल २१,३१,२९४ कित्ता डिबेन्चर रीतपूर्वक प्राप्त हुन आएकोमा  जारी गरिएको डिबेन्चर संख्याभन्दा १.१० गुणा बढी संख्यामा खरीदका लागि आवेदन प्राप्त भएको थियो।

यस्तोमा २५ देखि ३,००,००० कित्ता सम्म माग गर्ने १,२६४ जना आवेदकहरूलाई एकै समूह राखी मागबमोजिम ११,३१,२९४ कित्ता र ५,००,००० कित्ता माग गर्ने २ जना आवेदकहरुलाई समानुपातिक रुपमा ७,९८,७०६ कित्ता गरी जम्मा १९ लाख ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको