Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, १७ : ४८ मा प्रकाशित

सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीप लामिछानेलाई विदेश जान नपाउने आदेश दिएको हो। न्यायाधीश खतिवडाको इजलासले सन्दीप र सरकारको छुट्टाछुट्टै निवेदनलाई एकसाथ राखेर आइतबार पेश गर्न आदेश जारी गरेको छ। 

लामिछानेले बिहीबार सर्वोच्चमा विदेश जान पाउनुपर्ने भन्दै मुद्दा दायर गरेका थिए। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पूर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको