Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसको निर्णय: राष्ट्रपतिको उम्मेद्वार रामचन्द्र पौडेल

अर्थ संसार

शनिबार, १३ फागुन २०७९, १० : ३३ मा प्रकाशित

कांग्रेसको निर्णय: राष्ट्रपतिको उम्मेद्वार रामचन्द्र पौडेल

 नेपाली कांग्रेसले आज(शनिवार) बसेको कार्यसमितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको  बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । शुक्रबार ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको