Like us!
Follow us!
Connect us!
Watch us!

उखु किसानको भुक्तानी रोकेको भन्दै संसदमा सरकारको आलोचना

अर्थ संसार

बुधबार, २४ असार २०८३, १४ : ०६ मा प्रकाशित

उखु किसानको भुक्तानी रोकेको भन्दै संसदमा सरकारको आलोचना

सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन् ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ बदालपुरका किसानको उखु खरीद गरेको हो । उखु किसानहरुले कम्पनीबाट पाउनुपर्ने प्रति क्विन्टल ६२० को दरले हुन आउने सम्पूर्ण रकम कम्पनीले भुक्तानी गरिसकेको छ । तर, नेपाल सरकारले उखु खेती गर्ने किसानहरुलाई उखु कृषक अनुदान बापतको प्रति क्विन्टल उखुको ७० का दरले दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नमा ढिलाइ भएको उनले बताए ।

बर्दियाका उखु किसानहरुले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उनले यो विषय एकदम संवेदनशील रहेको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गरे । उनका अनुसार राजापुर सुगर एण्ड केमिकल इन्डस्ट्री प्राइभेट लिमिटेडले २०८२ पुष २२ गते देखि चैत १२ सम्म गते सम्म किसानहरुसँग लाखौं क्विन्टल उखु खरीद गरेको छ । 

उक्त रकम भुक्तानीका लागि पहल गरी यथाशीघ्र किसानको रकम निकासा गर्न उनले सरकारको ध्यानाकर्षण गरे । साथसाथै मधेश लगायत देशभर अहिले प्रमुख बाली धान र रोपाई चलिरहेको स्मरण गरे ।

उनले भनेका छन्, ‘मन्त्रालय आफै उक्त रकम भुक्तानी गर्नमा आनाकानी गरिरहेको देख्न आएको छ । सरकारी कागजमा सबै सहज जस्तो देखिए पनि व्यवहारमा केही पनि नगरेको देखिएको छ । यस्ता अत्यावश्यक विषयमा गम्भीर हुन आग्रह गर्दछु ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको