अर्थ संसार, काठमाडौं– साधारण सेयरको मूल्यमा नेपाल ग्रामिण विकास बैंकले एफपिओ निकाल्ने भएको छ ।
बैंकको ९ लाख ७५ हजार कित्ता एफपिओ भदौ २७ गते ( मंगलबार) देखि निष्काशन हुने भएको छ । यस बैंकको सेयर मूल्य आइतबार ६९७ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ ।
सेयर लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ ।
बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ ।
एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।
वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस