Like us!
Follow us!
Connect us!
Watch us!

एशियन हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १० : ३७ मा प्रकाशित

एशियन हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १४ गते, आइतबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय, नागपोखरी, नक्सालमा सम्पन्न गरिएकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा कुल ६९ हजार ७ सय २० जना लगानीकर्ताहरूले १० कित्ता सेयर प्राप्त गरेका छन् । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल १४ लाख ३२ हजार २ सय २२ जना लगानीकर्ताहरूले १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १४ लाख २५ हजार ७ सय २० जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे । 

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे वेबसाइट, एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको