बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीकाे फागुन १२ गते शुक्रबार बसेको सञ्चालक समितिकाे बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले १ : ०.५ को अनुपातमा ५० सय प्रतिशत हकप्रद निष्कासन गर्नेछ ।
सञ्चालक समितिले प्रस्ताव गरेकाे हकप्रद सेयर नियमनकारी निकाय विद्युत नियमन आयोगको पूर्व स्वीकृतिका लागि पेश गरी सहमति प्राप्त भएपछि र आगामी बस्ने कम्पनीको वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस